गण्डकी प्रदेशलाई मेयर कप सिभिल च्याम्पियनसीपको उपाधि

गण्डकी प्रदेशले मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको उपाधि जितेको छ । प्रतिकुल मौषमका कारण निर्धारित मितीभन्दा एक दिन ढिला आइतबार सम्पन्न फाइनल खेलमा गण्डकीले नमुनादिप युवा क्लबलाई २५–२२,२५–२१,२५–२५–१८ ले पराजित ग¥यो । आइतबार नै नभएको तेश्रो स्थानको खेलमा शान्तीदिप युवा क्लबले २५–२३,२०–२५,२५–१५,२३–२५,१६–१४, ले पराजित ग¥यो ।
प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले २ लाख, तेश्रो हुने टोलीले एक लाख तथा चौथो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाए । यसैगरी, प्रतियोगितामा गण्डकी प्रदेशका कप्तान हरि पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । पाण्डेले १५ हजार रुपैया पुरस्कार पाए । नमुनादिपका कुल बहादुर थापा उत्कृष्ट स्पाइकर तथा शान्तीलिपका प्रताप खवास उत्कृष्ट सर्भर भए । अन्य चार ब्यक्तिगत विधाका पुरस्कार गण्डकी प्रदेशनको नाममा रह््यो । राजकुमार गुरुङ उत्कृष्ट प्रशिक्षक, राजन दर्लामी उत्कृष्ट लिबरो, सुजन चोखाल उत्कृष्ट लीफ्टर र बलीराम चौधरी उत्कृष्ट ब्लकर भए ।
विजयी टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथी तीन नम्बर प्रदेशका आर्थीक मामीला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेल र मन्थली नगरपालीकाका प्रमुख रमेस बस्नेत लगायत अतिथीले पुरस्कार प्रदान गरे ।


रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता २२ माघ बाट सुरु भएको थियो । प्रतियोगितामा मन्थली नगरपालीका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेका थिए । यसैगरी, रामेछाप नगरपालीका,ु सुनापती गाउँपालीका, खाँडाँदेवी गाउँपालीका,लिखु तामाकोसी गाउँपालीका, उमाकुण्ड गाउँपालीका, गोकुलगंगा गाउँपालीका र दोरम्बा गाउपालीका सहआयोजक रहेका थिए ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको थियो । प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका थिए ।

Comment