एपीएफको विजयी अभियान जारी

apfedited
दशौं ढोरपाटन ब्लू स्काई कप टिभिएस महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु सोमवारबाटसुरु भएको छ ।
काठमाडौंको नया“ बसपार्कमा भएको दोस्रो चरणको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफले ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एपीएफले ढोरपाटनलाई २५–४, २५–४ र २५–७ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै नेपाल पुलिस क्लबले चण्डेशवरलाई पनि ३–० को सोझो सेटमै पराजित गरेको छ । पुलिसले चण्डेश्वरीलाई तीनै सेट २५–५ ले पराजित गर्न सफल भयो । त्यस्तै तेस्रो खेलमा न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मीलाई २५–१२, २५–४ र २५–७ को सोझो सेटमा पराजित गरेको छ । आज भएको अन्तिम खेलमा पश्चिमाञ्चलले ढोरपाटनलाई २५–७, २५–७ र २५–१० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । अग्रस्थानमा रहेको एपीएफले ९ खेलबाट २६ अंक रहेको छ ।
दोश्रो स्थानमा रहेको न्यूडायमण्डले ९ खेलबाट  २५ अंक बनाएर एपीएफलाई पछ्याई रहेको  छ । ९ खेलबाट पुलिसको २१ र पश्चिमाञ्चलको १८ अंक भएको छ । मंगलबार पुलिस क्लब र त्रिभुवन आर्मी, न्यू डायमण्ड र चण्डेश्वरी, सशस्त्र प्रहरीको एपीएफ र पश्चिमाञ्चल तथा त्रिभुवन आर्मी र ढोरपाटन स्पोटर्स टे«निङ क्लब भिड्नेछन ।

Comment