नेपाललाई श्रृंखला

नेपालले पहिलो टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। यूएईलाई अन्तिम खेलमा १४ रनले पराजित गर्दै २-१ ले शृंखला आफ्नो पक्षमा पारेको नेपालले सफलता हात पारेको हो। वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ९० रनमात्रै बनाउन सक्यो। यूएईका शाइमन अनवरले ३०, घुलम शब्बिरले २५ रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। नेपालका अविनाश बोहरा, ललितनारायण राजवंशी र करण केसीले २-२ विकेट लिए। नेपालका लागि पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन जोडे। विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोडे। । 

Comment