नेपाललाई श्रृंखला

कप्तान पारस खड्का नायक बन्दा नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय शृंखला जितेको छ। पारसले शतकीय पारी खेलेपछि नेपालले यूएईविरुद्धको ओडिआई शृंखला २-१ले जितेको हो।अन्तिम तथा निर्णायक खेलमा सोमबार नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो। यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपाले ४४.४ ओभरमा ६ विकेट गुमाएर भेटाएको थियो।

गत शुक्रबारबाट सुरु भएको यो शृंखलामा पहिलो खेल यूएईले ३ विकेटले जितेको थियो। दोस्रो खेलमा नेपालले १ सय ४५ रनले यूएईलाई पराजित गगरेको थियो । नेपाललाई पहिलो ओडिआई शृंखला दिलाउँन कप्तान पारस खड्का नायक रहे।  उनले १ सय १५ रनको शतकीय पारी खेलेपछि नेपालको जित सम्भव भएको हो। १ सय ९ बलको सामना गरेका पारसले १५ चौका र १ छक्का प्रहार गरेका थिए। 

पारससँग अर्को एन्डबाट कसैले निरन्तर साथ दिएनन्। ज्ञानेन्द्र मल्ल दोस्रो विकेटका रुपमा आउट हुदा उनीसँग पारसको साझेदारी ६२ रनको भएको थियो। ज्ञानेन्द्र मल्लले ३१ रन जोडे। ३५ बल खेलेका ज्ञानेन्द्रले ४ चौका प्रहार गरे।सोमपालले ४५औं ओभरको चौथो बलमा रिज्वानलाई छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए। सोमपाल २६ र आरिफ २४ रनमा नटआउट रहे। त्यसअघि चुन्दनगापोइल रिजवन र साइमन अनवारले पाँचौ विकेटकालागि महत्वपूर्ण शतकीय साझेदारी गरेपछि यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको हो। 

Comment