१० किमी खुल्ला पुरुष दौडमा आर्मीको बर्चश्व

  • ??????????????????????????????? ???????????????????????????????

    पोखरा
    ६४ औं मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीले सोमबार पोखरामा आयोजना गरेको १० किमी खुल्ला पुरुष दौडमा आर्मीको बर्चश्व रहेको छ।
    प्रतियोगिताको उद्घाटन बिहान एकेडेमीका संरक्षक एवं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले गरेका थिए।
    पोखरा रड्डशालाबाट सुरु भएको सो दौडमा निर्धारित दूरी ३८ः२४ः७१ सेकेण्डमा पूरा गर्दै सिद्धिबक्स गुल्म जुम्लाका छत्र दाहालले प्रथम हुन सफल भए। उनले स्वर्णपदक सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र पाए।
    द्वितीय स्थान ओगट्न सफल राजदल गुल्म खैरेनीटारका धन्तराज थारुले निर्धारित दूरी ३४ः१५ः७४ सेकेण्डमा पार गर्दै रजत पदक हात पारे। थारुले नगद १० हजार पुरस्कार पाए। यस्तै ३९ः२२ः७३ सेकेण्डमा दूरी पूरा गर्दै तृतीय स्थान प्राप्त गरेका राजदल गुल्मकै विष्णु तामाङले कास्यपदकसहित नगद सात हजार प्राप्त गर्न सफल भए। १० किमी खुल्ला पुरुष दौडमा तीन सय ६६ जना धावकको सहभागिता रहेको थियो।
    पोखरा रड्डशालाबाट सुरु भएको १० किमी खुल्ला पुरुष दौडमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीयलाई नगद १० हजार र तृतीय हुनेलाई नगद सात हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए। पोखरा रड्डशालाबाट सुरु हुने १० किमी दौड पृथ्वीचोक, नागढुड्डा, मुस्ताङचोक, राष्ट्रबैड्ढचोक, रत्नचोक, सृजनाचोक, आलुमाइलाचोक, सिद्धार्थचोक, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक, अमरसिंहचोक, बुद्धचोक हुँदै रड्डशालामै पुगेर टुड्डिएको थियो।

    छात्र पाँच किमी दौडमा सरस्वती उमावि भक्तपुरका हरेराम नेपाल प्रथम भए। उनले निर्धारित दूरी २३ः०७ः८८ सेकेण्डमा पूरा गरेका थिए। अमरसिंह नमुना उमाविका सूर्य भण्डारी द्वितीइ भए। उनले सो दूरीको लागि २५ः२१ः९९ सेकेण्ड समय लगाएका थिए।टप्स उमाविका अविजित परियारले २५ः४८ः२९ सेकेण्ड समय खर्चिँदै तेस्रो स्थान प्राप्त गरे।
    छात्रातर्फको सोही इभेन्टमा ३१ः४२ः७० सेकेण्डमा दौड पूरा गर्दै एकता मावि पस्र्याङका सुमित्रा श्रेष्ठ (कुजु) ले स्वर्णपदक हात पारिन्। एकता माविकै सजिना तामाङले दोस्रो स्थान ओगट्न सफल भइन्। ।उनले सो दौडको लागि ३२ः४३ः५० सेकेण्ड समय लगाइन्। यस्तै लक्ष्मीआदर्श उमावि लेखनाथका सविना बन्जरा तृतीय भइन्। उनले निर्धारित दूरी पूरा गर्न ३४ः२४ः४८ मिनेट समय लगाइन्।
    छात्रछात्रातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार, सात हजार र पाँच हजार, मेडल तथा प्रमाणपत्र पाए। छात्रछात्रा दौडमा एक सय ३४ जनाको सहभागिता रहेको थियो। पोखरा रड्डशालाबाट सुरु भएको छात्रछात्रा पाँच किमी दौड पृथ्वीचोक, सृजनाचोक, आलुमाइलाचोक, सिद्धार्थचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै रड्डशालामै पुगेर टुड्डिएको थियो।
    आठ सय मिटर ह्वीलचेयर दौडमा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय तथा धु्रव परियार तृतीय भए। ह्वीचेयल दौडमा प्रथम हुनेले नगद सात हजार, द्वितीयले नगद पाँच हजार र तृतीय हुनेले नगद तीन हजार पुरस्कार प्राप्त गरे। सो प्रतियोगितामा सात जनाको सहभागिता रहेको थियो।
    विजेता तथा उपविजेता धावक धाविकालाई प्रमुख अतिथि मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक एवं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओली, राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष सोमनाथ प्यासी र  मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष मोहन रेग्मी लगायतले पुरस्कार वितरण गरेका थिए।
    सो अवसरमा निर्धारित पाँच किमी दौड पूरा गर्ने शहीद स्मृति आवासीय विद्यलयका आठ वर्षका जयराम घर्ती, १० वर्षका प्रवीन दर्जी १० वर्षका माधुरी चौधरी, नौ वर्षका सृजना रेग्मी तथा सुमित्रा परियारलाई नेकपा एमाले केन्द्रीय सचिवलायको तर्फबाट प्रोत्साहन स्वरुप जनही दुईहजार पुरस्कार प्रदान गरिएको थियो।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष मोहन रेग्मी, केन्द्रदीय सदस्य एवं कार्यक्रम संयोजक राजेशकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एकेडेमी कास्कीका संयोजक ऋषिराम गौतमले स्वागत मन्तव्य र सचिव कृष्ण तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए।

Comment