एपीएफ र न्युडायमण्डबीच उपाधि भिड्न्त


होवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चिर प्रतिद्धन्द्धी एपीएफ र आयोजक न्युडायमण्ड एकेडेमीबीच उपाधि भिड्न्त पक्का भएको छ । शुक्रवार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सोटमा हराउदै उपाधि नजिक पुग्न सफल भयो । सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले पुलिसलाई २७–२५,२५–९,२२–२५ र २५–२१ को सेटमा हरायो । दोश्रो सेमिफाईनलमा न्युडायमण्डले टप्स उपाबी पोखरालाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । न्युडायमण्डले पहिलो र दोश्रो सेटमा २५–१० र २५–११ को सहज जित निकाल्यो । तेश्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा न्युडायमण्डका प्रशिक्षक कुमार राईले स्टार खेलाडी प्रतिभा माली र पनमिका राईलाई कोर्टमा उतारेका थिएनन् । सेमिफाईनलमा पराजित पुलिस र टप्सले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । शनिवार बिजेता टिमलाई प्रमुख अतिथि सभामुख कृष्णवहादुर महराले खेलाडीलाई पुरस्कृत गर्ने छन् ।
सुकेधारास्थित हो¨वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिद्यागततर्फको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने नगद पुरस्कारको प्रायोजन सेन्चुरी कमर्सियल बैंकले गरेको छ ।

Comment