पहिलो चरणमा एपीएफ पहिलो

new diomond apf2

दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल प्रतियोगितामा न्यूडायमण्ड एकेडेमीमाथि संघर्षपूर्ण जित निकाल्दै सशस्त्र प्रहरीको एपिएफ क्लब
शीर्ष स्थानमा रहदै दोस्रो चरणमा प्रवेश गरको छ ।काठमाडौंको बसपार्कमा आइतबार  भएको पहिलो चरणको लिगको अन्तिमा खेलमा न्यू
डायमण्ड एकेडेमीमाथि ३–२ को कठिन जित निकाल्दै एपीएफ शीर्ष स्थानमा रहदै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट डायमण्डले १८–२५ ले जितेको थियो । दोस्रो २५–२० र तेस्रो २६–२४ ले गुमाएको न्यू डायमण्डले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । तर अन्तिम सेटमा एपीएफले न्यू डायमण्डमाथि १५–१३ को संघर्षपूर्ण जित हात पार्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

एपीएफकी उषा बिष्ट वुमन अफ दि म्याच चुनिइन । लिगको पहिलो चरणको समाप्तिसंगै एपीएफ २३ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै न्यू डायमण्ड २२ अंकका साथ दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा पश्चिमाञ्चललाई पराजित गर्दै नेपाल पुलिस क्लब १८ अंक सहित तेस्रो स्थानमा छ । पुलिसले पश्चिमाञ्चललाई १५–२५,२५–१४, २५–२३ र २५–१७  को सेटमा पराजित गरेको हो । खेलमा कोपिला
उप्रेती वुमन अफ दि म्याच चुनिइन । १५ अंक जोडेको पश्चिमाञ्चल चौथो स्थानमा छ । त्यस्तै चण्डेश्वरी १२, त्रिभुवन आर्मी ९ तथा ढोरपाटन ६ अंक
जोड्दै लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । यसैगरी काभ्रे जिल्ला भलिबल संघ र नेपाल छन्त्याल युवा संघ प्रतियोगताबाट बाहिरिएको छ ।
प्रतियोगिताको दोस्रो चरणका खेलहरु मंगलबारदेखि सुरु हुनेछन ।

Comment