न्यू डायमण्ड र एपिएफ शिर्ष स्थानमा

police 3

दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी र एपिएफ क्लब सयुक्त रुपमा शिर्ष स्थानमा रहन सफल भएका छन् । शनिवार भएको खेलमा दुवैले जित निकाल्दै ३ अंक जोड्न सफल भए । दुवैले सात खेल खेलेर अपराजित रहदै २१ अंक जाडेका छन् । आइतवारे हुने यी दुई विचको खेलको विजेताले पहिलो चरणको खेलमा अग्रस्थान कायम गर्ने छ । नयाँ बसपार्कमा जारी प्रतियोगीतको शनिवारको पहिलो खेलमा न्यूडायमण्डले काभ्रेलाई २५–६, २५–४ र २५–६ को सोझो सेटमा पराजित गर्दा ललिता नाथ वुमन अफ द म्याच भईन ।
अर्को खेलमा एपिएफले पुलिसलाई २२–२५, २५–१८, २५–२२ र २५–१० ले पराजित गर्यो । एपिएफकी नेविका चौधरी वुमन अफ द म्याच चुनिइन् । त्यसैगरी पश्चिमाञ्चलले आर्मीलाई २५–१२, २५–१६ र २५–११ ले पराजित गरेपछि मनिसा चौधरी वुमन अफ द म्याच भईन । पश्चिमाञ्चल र पुलिसले सात खेलवाट १५ अंक जोडेका छन् । दुवैले न्यूडायमण्ड र एपिएफवाट पराजय व्यहोरेका छन् । आइतवार हुने यी दुवैविचको खेलको विजेतानै पहिलो चरणको लिगमा तेस्रो स्थान रहनेछ । त्यसैगरी कलाकार र आयोजक बिचको प्रदर्शनी खेलमा आयोजकले कलाकारको टिमलाई ३–२ ले पराजित गरेको थियो ।

Comment