प्रमोदलाई स्वर्ण

पामका प्रमोद मण्डलले नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । नेपाल खेलकुद महासंघ ९अन्तर्गतको राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि फाइनलमा प्रमोदले एमएमएसीका प्रनिश महर्जनलाई पराजित गरे ।
पुरुष २८ केजीमुनि दाङका अशोक बन्था मगर, ३५ केजीमुनि डिओसीएसएफ नेपालका निराजन विक, ४५ केजीमुनि डिओसीएसएफका कुशल बस्नेत र ५५ केजीमुनि पामका उत्तम प्रधान श्रेष्ठले स्वर्ण जिते । महिला २८ केजीमुनि होप्याडकी कुसुम कुमारी, ३६ केजीमुनि पामकी सुस्मिता नेपाली, ४४ केजीमुनि प्राइम जुडो डोजोकी सुनीता मगर र ५२ केजीमुनि होप्याडकी धनदेवी रोकाया पहिलो भए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment