ललीतपुर र काठमाडौंको जित

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियसले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेकोे छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा भारतीय ब्याट्सम्यान गौरव तमोर र जयकिसन कोल्शावालाको उत्कृष्ट प्रदर्शनपछि ललितपुरले पोखरा राइनोजलाई आठ विकेटले हराएको हो । तमोर र कोल्शावालाले अर्धशतकीय इनिङस खेलेपछि पोखराले दिएको १६७ रनको लक्ष्य ललितपुरले १५ ओभर पाँच बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्न सफल भयो ।
ललितपुरको जीतमा विस्फोटक ब्याटिङ गर्दै तमोरले ८२ रन जोडे । तमोरले ४१ बलमा चार चौका र आठ छक्काको मद्दतले सो रन जोडको थिए । कोल्शावालाले ३८ बलमा ५१ रन जोडे । दुवैले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यस्तै ललितपुरका सन्नी पटेल २० तथा सोनु तामाङ ११ रनमा अविजित रहे । पोखराका सुसन भारी र पाउल कालिङले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभरमा चार विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो । पोखराका लागि लेभीले सर्वा्धिक ८४ रनको योगदान गरे । पोखराका लागि विनोद भण्डारीले अविजित ३४ रन जोड्दा सुनिल धमलाले १० रन जोडे । ललितपुरका पवन सर्राफले तीन विकेट लिए ।
लगातार दोस्रो जीत निकालेसँगै ललितपुर लिगको शीर्षस्थानमा उक्लिएको छ । ललितपुरले तीन खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । पोखराको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा भैरहवासँग पराजित भएको थियो ।
सोमबार नै भएको खेलमा काठमाडौं किङ्स ११ ले चितवन टाइगर्सलाई ६ विकेटले पराजित ग¥यो । चितवनले दिएको १६१ रनको लक्ष्य पछेयाएको काठमाडौंले सात बल बाकी रहदा ४ विकेटको क्षतीमा १६४ रन जोडेको थियो । काठमाडौंका सुब्रमनीयन आनन्दले अविजित रहदै १८ बलमा ४३ रन जोडे । उनी म्यान अफ द म्याच समेत घोषित भए ।
प्रतियोगिताअन्तर्गत मङ्गलबार दुईवटा खेल हुनेछन् । पहिलो खेल विराटनगर र पोखरा तथा दोस्रो खेल चितवन र भैरहवाबीच खेल हुने आयोजनकले जनाएको छ ।

Comment