ढोरपाटन महिला डबल लिग भलिबल माघ पहिलो साताबाट सुजुकीको भिजीसग ३ बर्षे सम्झौता

१४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल माघ पहिलो साताबाट हुने भएको छ । भलिबल लिग माघ ५ गते देखि १९ गते सम्म चल्ने आयोजकले एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको हो । शुक्रवार पत्रकार सम्मेलनमा सहप्रायोजक सुजुकीको भिजी अटोमोवाइल प्रालीका मार्केटिङ म्यानेजर नवराज कोईराला र आयोजक क्लबका अध्यक्ष मनबीर छन्त्यालबीच सम्झौता पत्र आदन प्रदान भएको छ । तीन बर्षको लागि भएको सम्झौतामा प्रत्येक भिजी सुजुकीको स्कुटर खरिदमा ५० हजार छुट हुनेछ ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,महासचिव जितेन्द्रवहादुर चन्द,सेब स्कुलका प्रिन्सिपल युवाराज थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा एपिएफ क्लब, न्यु डायमण्ड एकेडेकी, नेपाल पुलिस क्लब, पोखर, चितवन टाइगर्स, थ्री स्टार एकेडेमी, पारामाउण्ट एकेडेमी, सेव स्कुल र थाहा नगरपालिका मकवानपुरको सहभागिता रहने आयोजक तथा ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनविर छन्त्यालले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले तीन लाख ५० हजार प्रप्त गर्ने छ भने दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचँै हुनले ४० हजार, छैठौं हुनेले ३० हारजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तीगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर आफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट कोचले समान ६–६ हजार नगत प्रप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगितामा ५० लाख लाग्ने अनुमान गरिएको छ ।

Comment