जहाँ रहे पनि नेपालकै चिन्ता

“नेपाली तेक्वान्दोमा राम्रो भन्दा हाम्रोलाई प्राथमिकता दिइन थालेको छ । ” नेपालमा तेक्वाान्दो खेलको स्तर दिन प्रतिदिन खस्कदै जानुमा धेरै कारण हुन सक्छन् । यसै विच टप माउन्टेज तेक्वान्दो एसोसीएसन हङकङका प्रमुख गणेश गुरुङले देखेको एउटा प्रमुख कारण यो पनि हो । विदेशमा रहेर पनि नेपाली तेक्वान्दोमा सपर्मीत भएका उनी अन्य नेपाली तेक्वान्दो समर्थक झै नै चिन्तीत देखिएका छन् । चार महिनाको बैदेशिक प्रशिक्षण पछि पनि एसियाडमा उपलब्धी हिन नतीजा । घरेलु तेक्वान्दोमा विवाद । दुइ संघको असितत्व लगायत घटनाबाट उनी पनि दुखित हुनु स्वभाबिक नै हो ।
सन् २००९ मा स्थापीत टप माउन्टेन एसोसीएसनले प्रत्येक बर्ष प्रतियोगिताको आयोजना भइरहेको छ । जुन प्रतियोगितामा नेपालीले पनि सहभागिताको अबसर पाएका छन् । अनाब बालबालीकालाई बिशेष सहयोग, राष्ट्रिय कलाकारलाई त्यहाँ गएर कार्यक्रम गर्ने वातावरणमा सहजीकरण गर्ने र आर्थीक रुपमा कमजोर रहेका खेलाडीलाई सहयोग गर्ने क्रममा पनि यो एसोसीएसन सक्रिय रहेको छ ।
बिश्व हाङमादाङ तेक्वान्दो प्रतियोगितामा चार पटक सहभागिता जनाएका मास्टर गुरुङले खेलाडीको रुपमा सन् २००६ मा भएमो पाचौ मैत्री तेक्वान्दो प्रतियोगितामा ग्योरोगीमा रजत तथा पुम्सेमा काश्य पदक जितेका थिए । हाल हङ्गकङ्गमा टप माउन्टेन तेक्वान्दोका आठ शाखा छन् । यी आठ शाखामा २ सय खेलाडी छन् । यसैगरी, नेपालको पर्वत, पोखरा र चितवनमा टप माउन्टेनका शाखा विस्तार भएका छन् । उनको बिशेष सहयोग र विदेशमा रहेर पनि निरन्तरको सहयोगका कारण यी तैनै शाखा दिनानुदिन अघि बढ्दै छन् ।
पर्वत दुर्लुङका गणेश आइडी भएका कारण २० बर्ष भन्दा अघि देखि हङ्गकङ्गमा रहेका छन् । त्यहा उनले नम्बर जंग गुरुंङसंग तेक्वान्दो सिके । छैठौ डानका उनी आफै सिनीयर मास्टर भए पछि उनको मातहतमा अहिले २ सय शिष्य छन् । उनकै शिष्यले त्यहाको राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन् । उनको एकेडेमीमा नेपाल, फीलीपीन्स, भारत, चिन, रुष र यन्डोनेसिया लगायत देशका खेलाडी रहेका छन् । नेपाली तेक्वान्दोमा सहयोग गर्ने क्रममा उनले माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगिताको सफलताका लागि बिशेष सहयोग गरेका थिए । सामाजीक जिवनमा सक्रिय गणेशको यसै खाले सहयोगले निरन्तरता पाउदै आएको छ ।
एनआरएन हङ्गकङ्गका साधारण सदस्य उनी अन्य देशमा रहेका नेपाली तेक्वान्दोकर्मीको सम्पर्कमा रहने गरेका छन् । उनी त्यहाँ बडि बील्डीङ एसोसीएसनका सदस्य तथा हङ्गकङ्ग नेपाल तेक्वानदो फेडेरेसनका फाउन्डर पनि हुन् ।
। सन् २००४ मा हङ्गकङ्गमा रेफ्रि र प्रशिक्षक भएका उनी सन् २००८ मा मास्टर इन्स्ट्रक्टर भए । सन् २०१३ मा उनले हाङमाडाङ रेफ्रि कोर्ष गरे । सन् २०१४ देखि उनी अन्तराष्ट्रिय रेफ्रि पनि भएका छन् । उनी अझै पनि नेपाली तेक्वान्दोको समर्पीत छन् ।
नेपाल बाहीर रहेका नेपाली तेक्वान्दोकर्मीलाई मुलधारमा समाहित गर्ने प्रस्ट निती नहुनुका साथै नेपाल र नेपाल बाहीर रहेका तेक्वान्दोकर्मी एकजुट नहुनु प्रमुख समस्या रहेको उनी बताउछन् ।

Comment