अजय र प्रज्ञा उत्कृष्ट

judoo
प्रथम विन्टर जुडो टे«निङ क्याम्पको पुरुषमा नेपाल आदर्श स्कुलका अजय पुन मगर र महिलामा श्री सरस्वती निकेतनकी प्रज्ञा थापा शुक्रबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट भएवापत दुवैले जुडो गि प्राप्त गरे ।
एक महिने क्याम्पमा विभिन्न ४ स्कुलका ४० विद्यार्थी सहभागी थिए । नेपाल जुडो संघ र केन्द्रीय जुडो प्रशिक्षण केन्द्रद्वारा संयुक्त आयोजित क्याम्पका सहभागीलाई जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, नरेन्द्र डंगोल, इन्द्र डंगोल, देवेन्द्र कर्माचार्य र देवीका खड्काले प्रशिक्षण दिएका थिए । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

Comment