हरि र विश्वरुपा पहिलो

ath

‘नेपाल टेलिकम कप’ खुला सडक दौड प्रतियोगताको पुरुषमा हरि रिमाल र महिलामा विश्वरुपा बुढा शुक्रबार पहिलो भएका छन् । दुवै नेपाली  सेनाका हुन् ।
पुरुषको १० किलोमिटर दौड हरिले ३५ मिनेट ३३.५० सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की (३५ मिनेट ४२.५१ सेकेन्ड) दोश्रो तथा सेनाका ज्ञानप्रसाद भट्टराई (३५ मिनेट ४६.५५ सेकेन्ड) तेश्रो भए ।
आयोजक नेपाल टेलिकमको ११ औं वार्षिकोत्सवका अवसरमा आयोजित दौडको महिला ५ किलोमिटर दूरी तय गर्न विश्वरुपाले २० मिनेट २१.८४ सेकेन्ड समय खर्चिन् । भक्तपुरकी सन्तोषी श्रेष्ठ (२० मिनेट ५१.०९ सेकेन्ड) दोश्रो तथा सेनाकी सरस्वती भट्टराई (२१ मिनेट १२.६२ सेकेन्ड) तेश्रो स्थानमा रहे ।
कुल नगद पुरस्कार १ लाख रुपैयाँ रहेको दौडको दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई टेलिकमका प्रधान निर्देशक बुद्धिप्रसाद आचार्य र निर्देशक भानु श्रेष्ठले पुरस्कृत गरे । उक्त अवसरमा आचार्यले सममाजिक उत्तर दायित्तव वहन गर्ने उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गरिएको बताए । टेलिकमकै वार्षिकोत्सवका अवसरमा माघ २२ गतेदेखि राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता काठमाडौंको खुला मञ्चमा हुँदैछ ।

Comment