एभीएल महिला भलिबलको सेमिफाईनलको समिकरण पुरा

आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा चितवन टाईगर्सले नेपाल पुलिस क्लबसँग तथा एपीएफले न्यू डायमण्ड क्लबसँग खेल्ने तय भएको छ । प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभूवन आर्मी क्लब भने बाहिरिएका छन् । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा चितवन टाईगर्सले न्यू डायमण्डलाई ३–१ को प्रतिष्पर्धात्मक सेटमा हराएको छ । पहिलो सेट २५–१९ ले गुमाएको न्यु डायमण्डले दोस्रो सेट भने २७–२९ ले जितेको थियो । तेस्रो सेट चितवनले २५–१९ ले जितेपछि पुनः अग्रता लियो । चौथो सेटमा चितवनलाई कडा टक्कर दिँदै न्यू डायमण्डले २६ अंकसम्म पु¥याएको थियो । तर चितवन २८–२६ ले विजयी हुँदै समूह एको विजेता बन्न सफल भयो ।
न्यू डायमण्ड भने समूहको उपविजेता बन्यो । अब न्यू डायमण्डले समूह बीको विजेता एपीएफसँग खेल्नेछ । एपीएफले पोखरा पिंकेजलाई ३–० कै सोझो सेटमा हरायो । पहिलो सेटमा २५–१३ को जित निकालेको एपीएफले पछिल्लो दुई सेट २५–११ र २५–१५ ले जित्यो । भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।

Comment