पिडित केशरीलाई रकम प्रदान

बबई नदिमा आएको बाढीका कारण घरवारविहिन नेपाली एथलेटिक्सकी किर्तिमानी खेलाडी केशरी चौधरीलाई कोरियामा वसोबास गर्दै आएका नेपालीहरुबाट संकलित रकम सोमबार ओलम्पियनद्वय संगिना बैद्य र चन्द्र कला थापाले चौधरीलाई हस्तान्तरण गरे ।
ओलम्पियनद्वय बैद्य र थापाको पहलमा कोरियामा रहेका प्रशान्त पण्डित (रामेश्वर)को सहयोगमा खेलाडीहरु र नेपालीहरुबाट १ लाख १६ हजार ५०० रकम संकलन भएको थियो ।

Comment