जुनियर तेक्वान्दो प्रतियोगितामा शहीद स्मृति च्याम्पियन

taekwondo pokharaपोखरा
पोखरा–१४ मझेरीपाटनस्थित रामेश्वरी उच्च माविको स्वर्ण महोत्सव–२०७१ अन्तर्गत बिहीबार जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। कास्की जिल्ला तेक्वान्दो सङ्घको मातहतमा सञ्चालित १२ वटा डोजाङ तथा तेक्वान्दो स्कुलको सहभागिता रहेको प्रतियोगितामा छ स्वर्ण र दुई रजत पदक प्राप्त गर्दै शहीद स्मृति आवासीय विद्यालय च्यामिपयन बनेको छ।
प्रतियोगितामा दुई स्वर्ण, दुई रजत तथा तीन कास्यपदक प्राप्त गरेको ज्योतिकुञ्ज तेक्वान्दो स्कुल द्वितीय तथा दुई स्वर्ण र एक कास्यपदक प्राप्त गरेको झेरी तेक्वान्दो डोजाङ तृतीय भएको छ।प्रतियोगितामा पुरुषतर्फ ३९ केजीमुनि सगरमाथा तेक्वान्दो डोजाङका अमित उपरकोटी तथा महिलातर्फ २८ केजीमुनि शहीद स्मृति आवासीय विद्यालयका अनुजा परियार बेस्ट फाइटर घोषित भए।
बिहीबार भएको पुरुष ३९ केजीमुनि सगरमाथा तेक्वान्दो डोजाङका अमित उपरकोटी प्रथम, यासुदा तेक्वान्दो डोजाङकाजेनिश कार्की द्वितीय तथा शहीद स्मृति तेक्वान्दो स्कुलका डेभिड श्रेष्ठ र राम तेक्वान्दो स्कुलका धीरज जैसवाल तृतीय भए। २४ केजीमुनि शहीद स्मृतिका प्रविनदर्जी प्रथम, ज्योतिकुञ्जकागोविन्द कुर्मी द्वितीय तथा यासुदाका अंगत उपरकोटी र गुडसेफर्ड तेक्वान्दो स्कुलका रबिकान्त चौधरी तृतीय भए। महिला २८ केजीमुनि शहीद स्मृतिका अनुजा परियार प्रथम, राम तेक्वान्दोका आशा कुमाल द्वितीय तथा गुडसेफर्डका गुनगुन कुँवर र ज्योतिकुञ्जका सृजना रेग्मी तृतीय भए।
महिला ३१ केजीमुनि मझेरी तेक्वान्दो डोजाङका अञ्जना परियार प्रथम, शहीद स्मृतिका दिप्ती घर्तीमगर द्वितीइ तथा ज्योतिकुञ्जका गंगा गुरुङ तृतीय भए।३४ केजीमुनि शहीद स्मृतिका सम्झना भुसाल प्रथम, ज्योतिकुञ्जका सुप्रिया राना द्वितीय तथा मझेरी तेक्वान्दोका विकिशा गुरुङ र गुडसेफर्डका रोशनी अधिकारी तृतीय भए।३७ केजीमुनि शहीद स्मृतिका जुना घर्तीमगर प्रथम, यासुदाका प्रीति सारुमगर द्वितीय तथा ज्योतिकुञ्जका करुणा थारु र शुभकामना तेक्वान्दो स्कुलका हेम केसी तृतीय भए।
महिला ४० केजीमुनि ज्योतिकुञ्जका रञ्जिता श्रेष्ठ प्रथम, शहीद स्मृतिका इशवरी विक द्वितीय तथा बालप्रभातका अस्मिता बास्तोला र पोखरा तेक्वान्दो डोजाङका दीपशिखा गुरुङ तृतीय भए। पुरुष ४२ केजी तौल समूहमा मझेरी तेक्वान्दो डोजाङका संघर्ष श्रेष्ठ प्रथम, राम मावि तेक्वान्दो स्कुलका मनिष लिम्बु द्वितीय तथा शुभकामना तेक्वान्दो डोजाङका प्रितम रानाभाट तृतीय भए। एक सय जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा जुरीमा बलराम लामा, ललितबहादुर धामी र कुमार गुरुङ तथा विष्णु अधिकारी, कृष्ण महर्जन, विनोद नेपाली, सूर्य राना, सतिष गुरुङ, निशान कार्की, गंगा गुरुङले रेफ्रीको भूमिका निर्वाह गरेको खेलकुद संयोजक पदम कार्कीले जानकारी दिए।

यसैगरी बिहीबार नै सम्पन्न माविस्तरीय छात्र सेभेन–ए–साइड फुटबल प्रतियोगितामा कालिका उमावि रामबजार प्रथम भएको छ। फाइनलमा शहीद स्मृति आवासीय विद्यालयलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै कालिका उमावि प्रथम भएको हो। यसअघि भएको पहिलो सेमिफाइनलमा कालिकाले सिद्ध उमाविलाई १–० तथा दोस्रो खेलमा शहीद स्मृतिले सेन्ट फ्रान्सिस स्कुललाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। प्रतियोगितामा नौ टीमको सहभागिता रहेको थियो।

बिहीबार नै भूपू विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिबीच पुनर्मिलन समारोह सम्पन्न भयो। करिब एक सय ५० जनाको सहभागिता रहेको सो कार्यक्रममा प्रमुख अतिथि अञ्जु कुँवर,स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक भीमसेन थापा, बोधराज बराल, विद्यालयका प्रअ तुलसीप्रसाद चापागाईं, भूपू विद्यार्थी चित्रा केसी, भूपू शिक्षक हिमा थापा, बलबहादुर केसी र छविलाल पौडेलले मन्तव्य राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य चिनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक शिवराज कँडेलले स्वागत मन्तव्य र भूपू विद्यार्थी लक्ष्मण कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए। सो अवसरमा विद्यार्थीले नृत्य, चुट्किला, किवता प्रस्तुत गरेर मनोरञ्जन दिलाएको शिक्षक डिल्लीराम रेग्मीले जानकारी दिए।
शुक्रबार सभासद् चुडामणि जंगलीको प्रमुख आतिथ्यमा रक्तदान, वार्षिक छात्रवृत्ति एवं पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम हुने प्रचार–प्रसार उपसमितिका सदस्य पृथ्वी कुँवरले जानकारी दिए।
माघ १७ गतेसम्म मनाइने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १७ गते विद्यालयलाई आर्थिक, नैतिक तथा भौतिकरूपमा सहयोग पु¥याउने वभिन्न सङ्घसंस्था तथा व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक भीमसेन थापाले जानकारी दिए।
२०२१ साल माघ ८ गते स्थापना भएको विद्यालयमा २०५६ सालमा निमावि, २०६४ सालमा मावि हुँदै २०६७ सालमा उच्च मावि भएको हो। हाल विद्यालयमा चार सय ५० विद्यार्थी अध्ययनरत छन् भने २२ जना शिक्षक रहेका छन्।

Comment