एपीएफको अग्रता

apf and west1
दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल च्याम्पियनशिपमा एपीएफले एकल अग्रता लिएको छ । उसले अपराजित रहदै ६ खेलबाट १८ अंक जोडेको छ । बिहिवार भएको पश्चिमाञ्चलसगको महत्वपूर्ण खेलमा ३–१ को सेटमा नतिजा आफ्नो पक्षमा पादै शिर्ष स्थानमा उक्लिएको हो । वुमन अफ द म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले पश्चिमाञ्चललाई २५–९,२५–२१,२३–२५र २५–१२ ले राक्यो । अर्को खेलमा भने पश्चिमाञ्चलले चण्डेश्वरीलाई २५–२,२५–१० र २५–१४ ले हराउदा परिक्षा गुरुङ वुमन अफ द म्याच भईन् । पश्चिमाञ्चलले ५ खेलबाट ९ अंक जोडेको छ । नेपाल पुलिसले बिहिवार दोहोरो सफलता निकालेको छ । अपराजित रहदै ५ खेलबाट १५ अंक जोडेको पुलिसले पहिलो खेलमा आर्मीलाई २५–७,२५–११ र २५–९ ले हराउदा छन्त्याल युथ क्लबलाई पनि २५–१०,२५–३ र २५–८ कै सोझो सेटमा रोकेको थियो । पहिलो खेलमा आर्मीकी मुना बमजन तथा दोश्रो खेलमा पुलिसकी चुडा खड्का वुमन अफ द म्याच भए । रामेछापको चण्डेश्वरी क्लब पनि आफ्नो दोश्रो जित दर्ता गदै दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । उसले काभ्रेलाई २५–१५,२५–११ र २५–१९ ले हराउदा जिवनी राई वुमन अफ द म्याच बनेकी थिईन् । उपाधिको दाबेदार न्यू डायमण्ड एकेडेमीको  ५ खेलबाट १५ अंक भएको छ ।

Comment