नेवाः पुचः यूएईले खुल्ला भलिबल प्रतियोगिता गर्ने

Manoj Shiama
31 July, 2018 10:38 pm

नेवाः पुचः यूएईले भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सो सस्थाले यूएईको वर दुबई स्थित एभरेष्ट मार्सल आर्टसको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । उक्त कार्यक्रममा पुचःका खेलकुद संयोजक हिरालाल श्रेष्ठले प्रतियोगिताको लक्ष यूएईस्थित नेपाली नेपाली बीचमा भाईचारा अनि भलिबलमा अन्तराष्ट्रिय, राष्ट्रिय स्तरका खेलाडी, उदाएका नयाँ पिंढिका खेलाडीहरुलाई एक साथमा राखेर आफ्नो भलिबल अनुभवको साटासाट, स्तरको उन्नतिको लागि अवसर दिने भएको बताए ।
श्रेष्ठले प्रतियोगिता २०१८ अगष्ट २३, ईस्लाम धर्मको महान चाड वकर ईद छुट्टिको दिन पारेर तय गरिएको जानकारी दिए । भलिबल प्रतियोगिता आयोजना हुने जुबेल अलिको लेवर क्याम्पको नुजल भलिवल कोर्टमा अन्तरराष्ट्रिय स्तरको रबर पÞm्लोर राखिएको पनि उनले बताए ।
प्रतियोगितामा बढिमा १८ टिम रहने, प्रत्येक टिममा ९ खेलाडि र १ जना म्यानेजर रहने छ । खेलाडीको फोटो नाम सहित दर्ता गर्नु पर्ने प्रावधान रहेको छ । सहभागि खेलाडिलाई दिउँसोको खानाको ब्यवस्था पुचःले गर्ने ब्यवस्था गर्नेछ । पुरुस्कारको हकमा भलिबलको यूएई ईतिहासमा नै धेरै धनराशी तय भएको जनाइएको छ । पहिलो र दोश्रो हुने टिमले ट्रफी, मेडल तथा नगद पुरस्कार पाउने छन् भने सर्वोकृष्ट खेलाडीले प्रमाण पत्र पाउने छन् । साथै रेफ्रि र अरु सहयोगीहरुलाई पनि प्रमाण पत्र दिने छ ।
प्रतियोगिता अन्तराष्ट्रिय नियममा नै संचालन हुने अनि दर्तामा रहेका खेलाडी बाहेक अरुले खेल्न नपाउने कडाईका साथ पालना गरिने जनाइएको छ ।
प्रथम पुरुस्कारका लागि “नेपाली चुलो“ प्रायोजक रहने छ । बिभिन्न व्यबसायी, ब्यक्तित्वहरुले प्रायोजनमा सहयोग गर्नु भएको छ । यस प्रतियोगितामा प्राबिधिक सहयोग एभरेष्ट मार्शल आर्ट्सले गर्नेछ । यसैगरी, मिडिया कोअर्डिनेटर नेपाल पत्रकार महासंघ, यूएईले रही बिभिन्न ३ यूएईको र ३ नेपालको मिडियाहरु मिडिया पार्टनर रहनेछ ।
पत्रकार सम्मेलनमा नेवाः पुचःका उपाध्यक्ष राजेश प्रधान, भलिबल प्रतियोगिता उपसंयोजक एवम सदस्य रवि शाही, सदस्य मनोज प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।