पारा जुडोमा प्रसाईलाई स्वर्ण

प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा जुडो प्रतियोगिताको पुरुष ४५ केजीमा प्रसाई रुम्बाले शनिबार स्वर्ण जितेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा किरण दाहाल, ६० केजीमा आनन्द पाण्डे, ६६ केजीमा आदित्य शेर्पा र ७३ केजीमा मनोज भट्टले स्वर्ण जिते ।
म्हिला ३६ केजीमा सिमा तामाङ, ४० केजीमा स्मारिका पोखरेल, ४४ केजीमा श्रृजना चौधरी र ४८ केजीमा वर्मा बुढा मगर पहिलो भए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष समेत रहेका कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २२ खेलाडीले ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
Comment