अन्तरलायन्स तथा लियो भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा
लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनको आयोजनामा माघ १६ गतेदेखि पोखरामा सञ्चालन हुने आठौं अन्तरलायन्स तथा लियो भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ।
माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टीमलाई खसी, दोस्रो हुनेलाई बोका र तृतीय हुनेलाई कुखुराको भाले, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक नारायण शर्माले जानकारी दिए। बेस्ट प्लयेरलाई मोबाइल पुरस्कार प्रदान गरिनेछ भने विधागत उत्कृष्ट अन्य खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनको वार्षिक कार्यक्रमअन्तर्गत लायन्स तथा लियो क्लबबीच आपसी भाइचारा अभिवृद्धि तथा खेलकुदमार्फत शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक शर्माले बताए।

Comment