मोहनले ग्रान्ड प्रिक्स खेल्ने

जुडो खेलाडी मोहन बमले चीनको होहोटमा हुने होहोट ग्रान्ड प्रिक्स खेल्ने भएका छन् । केहि वर्षएता अस्ट्रेलियामा बस्दै आएका मोहनले पुरुष ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ ।
उनी अस्ट्रेलियाबाटै प्रतियोगितामा सहभागी हुन चीन जाने छन् । मे २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक मनोजबहादुर केसी निर्णायकको भूमिकामा सहभागी हुनेछन् । केसी बुधबार चीन जाँदै छन् । उनलाई नेपाल जुडो संघका उपाध्यक्ष देवेन्द्र अचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment