भलीबल खेलाडी पुरस्कृत

volleyball photo edited
दक्षिण एसियाली भलीबल च्याम्पियनसीपमा उपविजयी महिला भलीबल टोली  र माल्दीभ्समा सम्पन्न बिच भलीबल प्रतियोगितामा पहिलो स्थान पाउने टोलीलाई बुधबार  राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलीबल संघले सम्मान गरेको छ । दक्षिण एसियाली च्याम्पियनसिपका उपविजेताले २० तथा विच भलीबलका विजयी प्रत्येक सदस्यले १० हजार रुपैया पाए । परिषद्का सदस्यसचिव युवराज लामा नेपाल भलीबल संघका अध्यक्ष दान बहादुर तामांगले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।
यी दुवै टोलीमा समाबेश कोपीला उप्रेती, कमला पुन र सुसीला खड्काले भने ३० हजार रुपैया पाए । विच भलीबल विजयी टालीकी सदस्य चुडा खड्काले भने चोटका कारण दक्षिण एसियाली च्याम्पियनसीप गुमाएकी थिइन् । विच भलीबलमा विजयी चार जना नै नेपाल पुलिस क्लबमा आबद्ध छन् ।

Comment