न्युडाइमन्डसंग पश्चिमाञ्चलको हार

04 edited
दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल च्याम्पियनशिपमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, त्रिभुवन आर्मी र न्यू डायमण्ड एकेडेमी विजयी भएका छन ।
काठमाडौंको बसपार्कमा जारी प्रतियोगिताको आज भएको खेलमा त्रिभुवन आर्मीले ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१४ ले पराजित गरेको आर्मीले ढोरपाटनलाई दोस्रोमा २५–१० तथा तेस्रोमा २५–१९ को सेटमा पराजित गरेको हो । यसअघि भएको खेलमा नेपाल पुलिसले काभ्रेलाई २५–९, २५–२ र २५–२ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै सशस्त्र प्रहरीको एपीएफले छन्त्याल युवा संघलाई २५–९, २५–६ र २५–६ को सोझो सेटमा पराजित ग¥यो । त्यस्तै बुधबार  भएको अन्तिम खेलमा न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चललाई २५–१५, २५–१५ र २५–२१ को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि पश्चिमाञ्चल र चण्डेश्वरी, पुलिस र त्रिभुवन आर्मी, चण्डेश्वरी र काभ्रे, सशस्त्र प्रहरीको एपीएफ र पश्चिमाञ्चल तथा पुलिस र  छन्त्याल युवा संघ भिड्नेछन ।

Comment