बालाजुका शुभ तामांग अन्तराष्ट्रिइ करातेमा च्याम्पियन

बालाजु कराते एकेडेमीका शुभ तामांगले धनगढीमा जारी पाचौ खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसीपको ५५ किलो जुनियर ब्वाइजको स्पर्धामा पहिलो स्थान हात पारेका छन् । फाइनलमा उनले कोहलपुरका सन्दिप शाहलाई पराजित गरे । बंगलादेशका मोहम्मद अल्सीयार हन्सनल तेस्रो स्थान हात पारे । ५० किलो जुनियर ब्वाइजमा बालाजुकै गौतम राइ पहिलो भए । बंगलादेशका मोहम्मद सागर हुसेन दोस्रो तथा धनगढीका सुमन राना तेस्रो भए ।
१० देखि १२ बर्ष क्याडेट ब्वाइजमा एभरेस्ट बोर्डींग स्कुल, बुटवलका रिसब पाण्डे पहिलो भए । पश्चिमाञ्चलका श्यामकान्त बानीया दोस्रो तथा धनगढीका महेश सोती तेस्रो भए । केटाहरुको १२ देखि १४ उमेर समुहको एकल कातामा बंगलादेशका मोहम्मद जोर्लीन अनवर पहिलो तथा बंगलादेशकै हबीबुल इस्लाम दोस्रो भए । बाग्लुंगका सौगात नेपाली तेस्रो भए ।
तीन दिने  प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ४२   स्पर्धा समाबेश रहेको आयोजक कमिटीका सचिव प्रकास चन्दले बताए । प्रतियोगिता सुदुर पश्चिमाञ्चल गोजुरियो कराते संघले आयोजना गरेको हो ।

Comment