आर्मी र समृद्धिलाई मनमोहन स्मृति बास्केबल उपाधि

नेपाल आर्मी ‘ए’ र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बने ।
विशाल मिलन केन्द्रको कोर्टमा वर्षाले केहि बेर प्रभावित पुरुषको फाइनलमा आर्मीले बुढानीलकण्ठलाई ९२–८१ ले पराजित ग¥यो । आर्मीको जितमा रविन खत्रीले २० अंक योगदान गरे । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पारे ।
पहिलो क्वाटरमा २१–१९ को अग्रता लिएको आर्मी दोश्रोमा ३१–२१ ले अगाडि रह्यो । तेश्रोमा आर्मी १७–२० ले पछि प¥यो भने चौथोमा २३–२१ ले अगाडि रह्यो । नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा समृद्धि बुढानीलकण्ठलाई ४४–३८ ले हरायो । समृद्धिकी लुनिभा सिंहले २४ स्कोर गरिन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हात पारे ।
सुरुमा १०–८ को अग्रता बनाएको समृद्धि दोश्रोमा १०–१२ ले पछि परेको थियो । तेश्रो र चौथोमा समृद्धिले समान १२–१२ स्कोर गर्दा बुढानकीलण्ठले पनि तेश्रो र चौथोमा समान ९–९ अंक जोड्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रविन र लुनिभा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ बने । पुरुषमा विराज राणा र महिलामा प्रीति तुलाचन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर विराजले १ सय ८५ र प्रीतिले ७५ स्कोर गरे । रविन र विराजले समान १०–१० हजार पाए भने लुनिभा र प्रीतिले जनही ५ हजार नगद हात पारे ।
विजेतालाई रक्षा मन्त्री ईश्वर पोखरेल, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । बैशाख २ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ९ र महिलामा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Comment