केएनपी राष्ट्रिय महिला भलिबललाई ग्लोबल आईएमइ बैंकको साथ


चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आईएमइ बैंकले प्रायोजन गरेको छ । मंगलवार ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच मंगलवार सम्झौता पत्र हस्ताक्षर तथा चेक हस्तान्तरण भयो । चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई सहकार्यको रुपमा ग्लोबल आईएमइ बैंकले २ लाखको प्राया्जन गरेको छ । शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बैशाख २१ देखि २५ सम्म संचालन हुने प्रतियोगिताका प्रायोजन गरेको ग्लोबल आईएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले महिला भलिबलको बिकासमा जोडिन पाएको हाम्रो संस्था गौरबित भएको जानकारी गराउदैे सहकार्यलाई भबिश्यमा पनि निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।
बहुउद्देश्य पेन्ट केएनपी जापानको मुख्य प्रायोजन तथा शिवम् सिमेन्ट लिमिटेडको सह–प्रायोजकमा संचालन हुनृ प्रतियोगिताको अनुमानित बजेट १८ लाख रहेको छ । त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । साबिक बिजेता एपीएफले तीनै संस्करण जितेर ह्याट्रिक गरेको छ । शिवम् न्यु डायमण्ड एकेडेमी तीनै संस्करणको उपबिजेता हो । अन्य टिममा नेपाल पुलिस,आर्मी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “केएनपी सर्वोकृष्ट खेलाडी” को उपाधि सहित १० हजार रुपैयाले पुरस्कृत गरिने छ । विधागत उत्कृष्टतर्फ “शिवम् सिमेन्ट बेष्ट स्पाईकर” को उपाधि सहित ५ हजार रुपैयाले १ खेलाडी पुरस्कृत ह्ने छन् । त्यस्तै “शिवम् सिमेन्ट बेष्ट डिफेनस” र “शिवम् सिमेन्ट बेष्ट ब्लकर” को उपाधिले एक–एक खेलाडी जनहि पाँच हजार रुपैयाको दरले पुरस्कृत गरिने छ । त्यस्तै आफ्नो टिमलाई च्याम्पियन बनाउन सफल प्रशिक्षकलाई “शिवम् सिमेन्ट बेष्ट कोच” को उपाधिले सम्मान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै ग्लोबल आईएमई बैंक बेष्ट सेटरको उपाधि ५ हजार रुपैयाले एक खेलाडी पुरस्कृत हुने छन् । त्यस्तै बेष्ट सर्भर र बेष्ट क्वीकर को उपाधि प्राप्त गर्ने खेलाडीले पनि ५ हजार प्राप्त गर्ने छन् । प्रायोेजक गर्ने कम्पनीको नाम जोडेर बाकि उपाधि बितरण गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको समापनका अवसरमा अत्यन्तै प्रभावशाली खेल प्रदर्शन गरेर पनि उतकृष्टमा पर्न नसक्ने खेलाडीलाई आयोजकको रोजाईमा केएनपी शेरवहादुर खड्का स्मृति स्पेशल अवार्डबाट १० हजार रुपैयाले सम्मान गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल भलीबल संघका सदस्य रिता कोइराला र समाजसेवी विष्णु भण्डारी र ग्लोबल आइएमइ बैंकका प्रमुख बजार अधीकृत गणेश अबस्थीको उपश्थिती थियो ।

Comment