हिमगंगालाई भलीबल उपाधि


द युथ पावर नेपालको आयोजनामा ओखलढु¨ामा सञ्चालीत दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हिमगंगा रामेछापले जितेको छ । पर्यटन,शिक्षा र सामाजिक बिकासका लागि खेलकुद भन्ने नाराका साथ लिखु गाउपालीका स्थित गाम्ना¨टारमा शनीबार साझँ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हिमगंगाले खिम्तीलेमबा गाउँपालीकालाई २५–२१ र २५–२३ ले पराजित ग¥यो । प्रतियोगितामाले लिखु क्वबले तेश्रो स्थान हात पा¥यो । समामयाअभावका कारण दुइ पक्षको सहमतीमा बेस्ट अफ थ्रीको आधारमा खेल भएको थियो । प्रतियोगितामा उपधि विजेताटोलीका विसाल विक उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी,उत्सब खड्का बेस्ट लीफ्टर,घनस्याम चौधरी बेस्ट स्पाइकर, भुवन कार्की बेस्ट ब्लकर तथा सञ्जिव गुरुङ बेस्ट डीफेन्डर भए ।
लिगकम नकाउटका आधारमा संञ्चालन प्रतियोगिताको बिजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ प्राप्त ग¥यो । यसैगरी,दोश्रो हुनेले ७७ हजार ७ सय ७७ तथा तेश्रोले ४४ हजार ४ सय ४४ नगद प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपयाँ नगद प्राप्त गर्ने छन् । बिधागत उत्कृष्टले पनि जनही १५ सय रुपैया पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजयी टोलीलाई आयोजक संयोजक युवराज थापा,दिपक श्रेष्ठ र लोक दोहोरी गायक प्रकास कटुवाल लगायतले पुरस्कार वितरण गरे ।

Comment