ट्राईयाथलनको लेभल वान प्रशिक्षक कोर्ष सुरु

नेपाल ट्राईयाथलन संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा ओलम्पिक सोलिडारिटी आईटियु लेभल वान प्रशिक्षक शिविर ललितपुरमा बुधबारबाट सुरु भएको छ । सातदोवाटोस्थित ओलम्पिक कमिटिमा सुरु भएको शिविरको प्रतिनिधी सभाका  साँसद जीवनराम श्रेष्ठले एक कार्यक्रमविच सुभारम्भ गरे ।

पाँच दिन सम्म संचालन हुने शिविरमा १८ प्रशिक्षकहरुको सहभागिता रहेको छ । प्रशिक्षाथीहरुलाई अन्तराष्ट्रिय ट्राईयाथलन युनियनका प्रशिक्षक द्वय स्पेनका भिन्सेन्ट बाल्ट्रेन र सिंगापुरका युजेन लिले प्रशिक्षण प्रदान गर्नेछन् ।एकै खेलमा तीन विधा पौडी, साईक्लिङ्ग र दौड समावेश रहेको खेलमा न्यून प्राविधिक रहेको र खेलाडी उत्पादनमा कठिनाई महसुस भईरहेकोमा यस शिविरका माध्ययमले तल्लो स्तरबाटनै खेलाडी उत्पादनमा निकै सहयोग पुग्ने बिश्वास ट्राईयाथलन संघले लिएको छ ।

शिविर उद्घाटन गर्दै  साँसद श्रेष्ठले नेपाल ओलम्पिक कमिटिले निकैनै ट्राईयाथलनले छोटो समयमा देखाएको उपलब्धिको प्रशंसा गर्दै नेपाल ओलम्पिक कमिटिले सदा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले यस खेलले आगामी दिनमा ओलम्पिकमा पदक हात पार्ने खेलको रुपमा अग्रसर हुनेमा आफु बिश्वस्त रहेको बताए ।

नेपाल ट्राईथलन संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले छोटो समयमा ट्राईयाथलन खेलले दक्षिण एशियाली खेलमा पहिलो पटकनै महिला एकल तर्फ कास्य र टिममा रजत पदक जित्नुका साथै अन्तराष्ट्रिय प्रतियोगितामा समेत पदक हात पार्न सफल भई सकेको भन्दै नेपाल साहशिक खेलका लागि निकैनै उपयुक्त स्थान भएकोर यसै खेलमा माध्यममले खेल पर्यटनलाई बढाउन सक्ने बताए । शिविर बैशाख ९ गते सम्म संचालन हुनेछ ।

Comment