पुलिसको दोहोरो जित

kripa adhikari

नया बसपार्कमा जारि ब्लु स्काइ ढोरपाटन महिला भलिबल प्रतियोगिताको मंगलबार भएको खेलमा एपिएफ, न्युडायमण्ड, पश्चिाञ्चल  र पुलिसले आ आफ्नो खेल जितेका छन् । एपिएफले नेपाल आर्मीलाई २५–८,२५–६ र २५–१३ , न्युडामण्डले छन्त्याललाइ २५–५, २५–० र २५–७ र  पश्चिमाञ्चलले काभ्रे जिल्ला भलिबल संघलाई २५–४, २५–११ र २५–२ ले हराए ।  पुलिसले ढोरपाटन क्लबलाई २५–८,२५–४र २५– ३–० को सोझो सेटमा पराजित गर्यो भने अर्को खेलमा चण्डेश्वरीलाई २५–७, २५–३ र २५–८ ले पराजित गर्यो । प्रतियोगितामा एपिएफ र न्युडायमण्डले समान ४–४ खेल जितेका छन् भने नेपाल पुलिस र पश्चिमाञ्चले समान २–२ खेल जितेका छन् । ९ टिमले सहभागिता जनाएको प्रतियोगितामा पहिलो चरणको खेल समाप्ती पश्चात दोस्रो चरणको खेलमा ७ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Comment