भलीबल खेलाडी सम्मानीत

volleyball2
दोश्रो देखि नवौं सम्मको ढोरपाटन महिला लिगबाट स्कुटर जित्न सफल खेलाडीलाइनेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङ, शसस्त्र प्रहरी बलका एआईजी दोर्जकुमार राई, अयोजकका अध्यक्ष मनबीर छन्त्याल लगायतले १० जना खेलाडीलाई सम्मान गरेका थिए । सम्मानित खेलाडीमा बिनिता बुढाथोकी, निता साह, रमिला तण्डुकार, परिक्षा गुरुङ, मन्जु गुरुङ,अरुण शाही, चुडा खड्का, सरस्वती चौधरी, कमला पुन, प्रतिभा माली रहेका छन् । रमिलाले भने दुईवटा स्कुटर जितेकी थिईन् । सम्मानीत हुनेमा बीनीता लामो समय देखि राष्ट्रिय टोलीमा रहदै आएकी छिन् । उनकै नेतृत्वमा नेपाल दक्षिण एसियाली महिला च्याम्पियनसीपमा विजेता बनेको थियो ।
निता शाह, चुडा खड्का र मञ्जु गुरुंग पनि अघिल्लो पुस्ताका खेलाडी मानिन्छन् । विनिताको नेतृत्वमा नेपाल दक्षिण एसियाली भलीबल च्याम्पियनसीपमा उपविजेता भएको थियो । निताले लामो समय देखि पुलिस क्लबको नेतृत्व गर्दै आएकी छिन् । लामो समय देखि भलीबलमा प्रभावकारी खेलाडी चुडाले चोटका कारण दक्षिण एसियाली च्याम्पियनसीप गुमाए पनि यसै साता माल्दीभ्समा भएको फेज वानको प्रतियोगिातमा पहिलो हुने नेपाली टोलीमा समाबेश थिइन् । उनकै उपस्थितीले पुलिस क्लब पछिल्लो एक दशकनै प्रभावकारी टोलीको रुपमा रहेको छ ।
मञ्जु दक्षिण एसियाली च्याम्पियनसीपको उपविजयी टोलीकी उपकप्तान हुन् । अरुणा शाही विगत केही बर्ष देखि पश्चिमाञ्चलकी प्रभावकारी खेलाडीको रुपमा रहेकी छिन् ।
सरस्वती चौधरी अहिले उच्च फर्ममा रहेकी खेलाडी हुन् । पुलिस क्लबकी लिबरो कमला पुन पछिल्लो समय स्थापीत नाम हो । उनी पनि यसै साता माल्दीभ्समा भएको फेज वान विच भलीबल प्रतियोगितामा पहिलो हुने टोलीकी सदस्य हुन् । परिक्षा गुरुंग पश्ञिमाञ्चलकी प्रभावकारी खेलाडी हुन् भने प्रतिभा माली अहिले धेरैले चासो दिने कम उमेरमै चर्चीत खेलाडी हुन् । रमिला केही समय अघिकी सबैभन्दा चर्चीत र लोकप्रीय खेलाडी हुन्

Comment