पश्चिमाञ्चलको विजयी सुरुवात

volleyball1
न्यू डायमण्ड एकेडेमी र एपिएफ ले लगातार तेश्रो जित निकाल्दै दशौं ढोरपाटन“ब्लू स्काई कप”टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनशिपमा सयुक्त शिर्ष
स्थानमा यथावत रहेका छन् । दुवैले अपराजित रहदै तीन खेलबाट ९ अंक बनाएका छन् । नयाँ बसपार्कमा सोमवार भएको सर्वाधिक नगद पुरस्कार राशी रहेको महिला डबल
लिग भलिबलको तेश्रो दिनको खेलमा न्यू डायमण्ड एकेडेमीले नेपाल आर्मी क्लबलाई  २५–४, २५–१० र २५–८ को सोझो सेटमा पराजित गर्यो । दोश्रो खेलमा साबिक बिजेता सशस्त्र प्रहरीको एपिएफले काभ्रे जिल्ला भलिबल संघलाई २५–२, २५–४ र २५–६ खेलाडीको सोझो सेटमा हरायो । न्यू डायमण्ड एकेडेमीकी ललिता नाथ र एपीएफकी बिनिता बुढाथोकी वुमेन अफ दि म्याच बने । त्यस्तै जिवनी राईको वुमेन अफ दि म्याच बन्दा चण्डेश्वरीले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई  २५–२०, २५–१४ र २५–१८ को सोझो सेटमा हरायो ।
बिभागिय टोली नेपाल आर्मीले छन्त्याल युथ क्लबलाई २५–१३, २५–१४ र २५–१३ को सोझो सेटमा पराजित गर्यो । पश्चिमानचलले पनि पहिलो खेलमै बिजयी
शुरुवात गरेको छ । पश्चिमाञ्चलले छन्त्याल युथ क्लबलाई २५–५, २५–८ र २५–१५ को सोझो सेटमा पराजित गर्यो । छन्त्याल युथ क्लबकी मिना छन्त्याल वुमेन अफ
दि म्याच बनिन् ।

Comment