युएइमा भरतको सम्मान


एभेरेष्ट युएई मार्सल आर्ट क्लब द्वारा एशियन पुलिस स्पोर्टस एसोसिएसन को बैठकमा सहभागी हुन युएइ पुगेका नेपाल भलिबल संघका केन्द्रीय सद्स्य तथा नेपाली राष्ट्रिय भलिबल टिमका पुर्व कप्तान भरत शाहलाई सम्मान गरेको छ । क्लबले आफ्नै हलमा शाहलाइृ सम्मान गरेको हो । कार्यक्रमको सभापतीत्व पुर्व भलिवल खेलाडी तथा एभेरेष्ट युएई मार्सलआर्ट क्लबका उपाध्यक्ष कुण्डल बहादुर सिंहले गरेका थिए ।
स्वगत मनतव्य क्लबका कोषाध्यक्ष तथा नेपाली समाज स्पोर्ट कोडिनेटर परशुराम घिमीरले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथी एनआरएन आईसीसी सदस्य मनोज गोर्खाली थिए । एनआरएन दुबई कमिटी का अध्यक्ष मदन अधिकारी, सुपक्षे समाजका देव कुवर,डी सी नेपाल प्रतिनिधी तथा खेलकुद प्रेमी लोकेन्द्र वम, व्यवसायी सुर्य गिरी,नेपाल मुशलिम सोसाईटी स्पोर्ट कोडिनेटर सकिल अलि र नेवा ःपुच युएई केन्द्रीय सदस्य तथा पुर्व भलीवल खेलाडी क्लब सल्लाहाकार हिरालाल श्रेष्ठ पनि कार्यक्रममा उपश्थित थिए । अ.सु.प.क्षे. केन्द्रीय सदस्य सिएन ठकुरी, काठमाण्डौ प्यालेस रेस्टुरेन्ट का सुपरभाईजर राजीब श्रेष्ठ, दुबई एनआरएनका कोषाध्यक्ष अनिल श्रेष्ठ, एभेरेष्ट क्लबका सदस्य बिशाल पुन मगर र एभेरेष्ट युएई मार्सल आर्टका खेलाडीहरू पनि उपश्थित थिए । सो कार्यक्रममा उदघोषक तथा ब्यवस्थापन क्लबका टेक्निकल डाईरेक्टर तथा प्रमुख प्रशिक्षक रबि शाहिले गरेका थिए । बायाँ हाते स्पाइकर भरतले लामो समय नेपाली भलीबल टोलीको नेतृत्व गरेका थिए ।

Comment