सरल र इमान्दारका पयार्य मास्टर


मनोज खड्गी, तेक्वान्दो प्रशिक्षक । नेपाली खेलकुदमा देखिएका थुप्रै अनुहारमध्य फरक । यहाँ देखिएका हरेकका आफ्नै बिशेषताहरु छन् । भिन्न उपमा दिन मिल्ने स्वभाव पनि छन् । नेपाली खेलकुदका दुइ भिन्न पाटा पनि छन् । गफी खाने र गरी खाने दुवै थरीको भिड यहाँ देखिन्छ । यसै भिडमा देखिने मनोजका केही आफ्नै बिशेषता छन्, सरल र मिलनसार प्रकृतीका उनलाई नजीकबाट नियाल्नेहरु त्यत्तिकै इमान्दार पनि भएको बताउछन् ।
नेपाली खेलकुदकै एउटा बिशेषता छ । खेलकुदमा लागेरै उज्वल भबीश्य छ भनेर दिनभर भाषण गरेर नथाक्नेहरु पनि आफ्ना छोराछोरीलाई यस क्षेत्रमा लगाउने हिम्मत गर्दैनन् । यी भन्दा अली भिन्न छन्, खड्गी । आफूभन्दा राम्रो तेक्वान्दोकर्मी बनाउने अठोटका साथ उनले आफ्नै छोरी मेलीसा खड्गीलाई पनि तेक्वान्दोमा लगाएका छन् । मेलीसा आफ्नो उमेरको उत्कृष्ट नेपाली तेक्वान्दो खेलाडीको रुपमा छबी बनाउन सफल भइसकेकी छिन् । मेलिसा सहितको मनोजबाट प्रशिक्षित मर्नीङ ग्लोरी तेक्वान्दो डोजाङको पनि भिन्न छबी रहेको छ । “ एउटा मार्सल आर्टीस्टको पहिलो परिचय नै अनुशाषित समाज बनाउन उसले गरेको देन हो ” मार्सल आर्टीस्टको पहिलो समाजीक दायीत्व बारे उनी भन्छन् ।
नेपाली तेक्वान्दोमै सतप्रतिसत समर्पीत अर्का प्रशिक्षक छन्, राजेन्द्र केसी । जसरी मनोज सरलपन र इमान्दारीका पयार्य मानीन्छन्, राजेन्द्र तेक्वान्दो प्रतिको समर्पण र प्रतिबद्धताका पयार्य हुन् । यसै ब्वाइज युनियनले आयोजना गरेको दिलिप स्मृती तेक्वान्दो च्याम्पियनसीपको दौरान मनोज सम्मानीत भए । यसै सम्मान कार्यक्रममा भेटिएका मनोजले भने,“ हामी आबस्यक समयमा कुनै पनि समाजीक दायीत्व पुरा गर्ने प्रणका साथ यो क्षेत्रमा प्रबेश गरेका हौ । यो सम्मानले हामी तेक्वान्दो खेलको विकासमा मात्र होइन, तेक्वान्दो परिवारका सबैको हरेक पाइलामा साथ दिन प्रेरित गरेको छ ।
सरल स्वभावका यी मास्टर छैठौ मनोज हाल तेक्वान्दोको तीन नम्बर प्रदेशका सदस्य छन् । राष्ट्रिय खेलाडी तथा प्रशिक्षक संघका बरिष्ठ उपाध्यक्ष छन् । भिन्न पद र जिम्मेवारीमा रहे पनि उनको चासो भने एउटै छ , “ मार्सल आर्टीस्को रुपमा अनुशाषित समाज निमार्णमा आफ्नो भुमिका ”

Comment