जुडो टोलीको स्वागत


बंगलादेशको ढाकामा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली जुडो टोलीलाई नेपाल जुडो संघले शुक्रबार एक कार्यक्रमबीच स्वागत ग¥यो । प्रतियोगितामा नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको थियो ।
महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान तथा पुरुष ६० केजीमा रोशनबहादुर दोङ, ६६ केजीमा इन्द्रबहादुर श्रेष्ठ तथा ७३ केजीमुनि सुमन श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका थिए ।
महिला ४४ केजीमुनि सोनिया भट्ट तथा पुरुष ५० केजीमुनि सुबोध मण्डल र ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठले रजत जितेका थिए । महिला ५२ केजीमुनि अन्जु पाण्डे र ६३ केजीमुनि निर्मला घर्ती मगरले कांस्य जिते ।
टिम व्यवस्थापकमा जुडो संघका कार्यालय ईश्वर रेग्मी, प्रशिक्षकमा कविराम घम, लीला अधिकारी तथा निर्णायकमा ओलम्पियन ऋषिराम प्रधान प्रतियोगतामा सहभागी भएका थिए ।
टोलीलाई नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ, सदस्य प्रमोद नेपाल र चन्द्र डंगोल, जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्को हातामा स्वागत गरे । टोली शुक्रबारै स्वदेश फर्किएको हो । प्रशिक्षक डंगोलले युवा टोलीले नेपाली जुडोको साखलाई कायम राखेको प्रतिक्रिया दिए ।

Comment