रुपा देउरालीमा भलीबल


कास्कीको रुपा देउरालीमा भएको भलीबल प्रतियोगिताको उपाधि खानीगाउँ युवा क्लबले जितेको छ । उपाधि जित्ने क्रममा शनीबार भएको फाइनलमा खानीगाउँले देउराली युवाक्लबलाई हरायो । उपाधि विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैया पाए । प्रतियोगिताको आयोजना सबिन श्रेष्ठले गरेका थिए । पहिलो ट्रफीको प्रायोजन तेक्वान्दोकर्मी रमिला खत्रीले गरेकी थिइन् । देउराली युवा क्लबका विसाल गुरुङ उत्कृष्ट खेलाडी भए ।

Comment