एपीएफ र न्युडाइमन्डको अग्रता

apf win volleyball edited
न्यू डायमण्ड एकेडेमी र एपिएफ ले लगातार दोस्रो जित दर्ता गदै दशौं ढोरपाटन “ब्लू स्काई कप”टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनशिपमा समान ६ अंकका साथ शिर्ष स्थानमा रहेका छन् ।
नयाँ बसपार्कमा आईतवार भएको सर्वाधिक नगद पुरस्कार राशी रहेको दशौ ढोरपाटन ब्लू स्काई टिभिएस महिलन भलिबलको दोश्रो दिनको खेलमा साबिक उपबिजेता न्यू डायमण्ड एकेडेमीले आयोजक ढोरपाटन  स्पोर्टस् क्लबलाई २५–११, २५–५ र २५–७ को सोझो सेटमा पराजित गर्यो । दोश्रो खेलमा साबिक बिजेता सशस्त्र प्रहरीको एपिएफले चण्डेश्वरी लाई २५–१०, २५–९ र २५–७ को सोझो सेटमा हरायो । यस्तै अन्य खेलमा बिभागिय टोलि नेपाल आर्मीले काभ्रे जिल्लालाई २५–१४, २५–९ र २५–१२ ले पराजित गर्दा नेपाल छन्त्याल युथ क्लबले काभ्रे जिल्लालाई नै २५–१५, २३–२५, २५–१७ र २५–१९को सेटमा पराजित गरेको छ ।  आयोजक ढोरपाटनले दोश्रो खेलमा नेपाल छन्त्याल युथ क्लबलाई  २५–१४, २५–४, २४–२६ र २५–१२ ले हराउन सफल भएको छ । ९ टिमले सहभागिता जनाएको प्रतियोगितामा पहिलो  चरणको खेल समाप्ती पश्चात दोस्रो चरणको खेलमा ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । अन्तिमका दुई टिम रेलिगेसनमा पर्ने प्रतियोगिताको बर्ष खेलाडी,उत्कृष्ट खेलाडी,  “प्लयर अफ द सिरिज” र प्रतिभावन खेलाडीले टिभिएसको स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comment