नेपाल चौथो स्थानमा

cricket photo
नेपाल आइसीसी र्वल्ड क्रिकेट लिगमा डिभिजन टुमा चौथो स्थानमा रहेको छ । शनीबार तेस्रो स्थानका लागि भएको खेलमा केन्याले नेपाललाई १५ रनले पराजित गर्यो । केन्याले छाडेको २०९ रनको लक्ष्य पछ्याएको नेपाल ४७ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १९३ रनमा सिमित भयो ।
नेपालका लागि बिनोद भण्डारीले सर्वाधीक ७३ रन जोडे । ज्ञानेन्द्र मल्लले ४८ तथा शरद भेषवाकरले २४ रनको योगदान गरे । ज्ञानेन्द्र र बिनोदले चौथो विकेटका लागि १सय ७ रनको साझेदारी गर्दा नेपाल जितको नजीक देखिए पनि त्यस पछि विकेट पतनको क्रम सुरु भएको थियो । केन्याका ओटीनोले चार तथा उलोचले तीन विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको केन्याले नौ विकेटको क्षतीमा २०८ रन जोड्यो । नेपालका सोमपाल कामीले तीन तथा सागर पुनले  यथाबत रहेको छ दुइ विकेट लिए । नामीबीयालाई ८ विकेटले हराउदै नेदरल्यान्डले डिभिजन टुको उपाधि जित्यो भने क्यानाडालाई हराउदै युगान्डा पाचौ भयो ।

Comment