चाँदबाग र निम्स सेमिफाइनलमा


द चाँदबाग स्कुल र आयोजक निम्स सातौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चाँदबागले एपेक्स लाइफ स्कुललाई १७–१४ ले पराजित ग¥यो । विजेताकी रिन्चेन डोल्कभ शेर्पाले ११ अंक जोडिन् । डिफेन्डिङ च्याम्पियन निम्सले सिद्धार्थ बनस्थलीलाई २९–२५ ले हराउदै समूह ‘ए’ को विजेता बन्यो । निम्सकी डोल्मा तामाङले १० अंक जोडिन् । सिद्धार्थ पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनल निम्स र चाँदबाग तथा श्रीदिवा र सिद्धार्थबीच हुनेछ ।
ब्वाइजमा स्काइलार्कले माउन्ट कैलाशलाई ४०–३७ ले पाखा लगाउदै लभ्ली एन्जलसंग सेमिफाइनल भेट पक्का ग¥यो । अर्को सेमिफाइनल निम्स र रेडिअन्टबीच हुनेछ ।

Comment