नेपाल डिभिजन टु मै

cricket photo
नेपाल आइसीसी र्वल्ड क्रिकेट लिगमा डिभिजन टुमा यथाबत रहेको छ । शुक्रबार अन्तिम खेलमा केन्यासंग पराजित भए पछि नेपाल ६ अंक सहित अंक तालीकाको तेस्रो स्थानमा रहेको हो । अन्तिम खेलमा क्यानाडालाई पराजित गरेको नामीबीया ८ अंक सहित शिर्ष स्थानमा रह्यो भने युगान्डालाई हराएको नेदरल्यान्ड ६ अंक सहित नेपाललाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा रह्यो ।
विन्डहोकमा भएको खेलमा नेपालले छाडेको १९५ रनको लक्ष्य केन्याले १५ ओभर बाकी रहदा पाच विकेट गुमाउदै पुरा गर्यो । केन्याका इरफान करिम र राफले पटेलले पाचौ विकेटका लागि १०३ रनको साझेदारी गरे । करिम ७५ रनमा अविजित रहे भने पटेलले ५६ रनको पारी खेले । करिमले एलेक्स ओबान्डासंग मिलेर  तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । ओबान्डाले ४५ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले एक बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै १९५ रन जोडेको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ९१ रनमा अविजित रहे ।

Comment