ढोरपाटन महिला डबल लिग भलिबलको तयारी पुरा

Manoj Shiama
22 January, 2015 6:49 pm

news diomond volleyball

सर्वाधिक नगद पुरस्कारको दशौं ढोरपाटन “ब्लू स्काई कप”टिभिएस महिला डबल लिग भलिबल च्याम्पियनशिपको अन्तिम तयारी पुरा भएको आयोजकका अध्यक्ष मानबीर छन्त्यालले बिहिवार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । नया बसपार्कमा १० देखि २४ माघसम्म सन्चालन हुने प्रतियोगितामा साबिक बिजेता एपीएफ,न्यूडायमण्ड एकेडेमी,नेपाल पुलिस क्लब, पश्चिमाञ्चल,त्रिभुवन आर्मी क्लब,चण्डेश्वरी रामेछाप,आयोजक ढोरपाटन स्पोर्टस् क्लब,काभ्रे जिल्ला भलिबल संघ र नेपाल छन्त्याल संघ गरि ९ टिमले सहभागिता रहने छ । पहिलो  चरणको खेल समाप्ती पश्चात दोश्रो चरणको खेलमा ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । अन्तिमका दुई टिम रेलिगेसनमा पर्ने अध्यक्ष छन्त्यालले जनाए ।
प्रतियोगितामा खेलाडीले ४ स्कुटर प्राप्त गर्ने आयोजकका बरिष्ट उपाध्यक्ष किरण घायलले जनाएका छन् । बिगतमा बर्ष खेलाडी,उत्कृष्ट खेलाडी र प्रतिभावन खेलाडीले ३ स्कुटर प्राप्त गर्ने गरेकोमा यो सस्करण देखि “प्लयर अफ द सिरिज” को उपाधि जित्ने खेलाडीलाई थप एक स्कुटर दिने निर्णय गरेको ं उपाध्यक्ष घायलले बताए ।
पत्रकार सम्मेलनमा न्यूडायमण्ड एकेडेमीकी कप्तान  रमिला तण्डुकारले आफ्नो टोलीको  प्रतिस्पर्धा उपाधिका लागि हुने  बताईन् । न्यूडायमण्ड एकेडेमीका प्रशिक्षक  कुमार राईले ढोरपाटन कप  अन्तिम स्थानबाट शुरु गरे पनि छैटौं र नवौं संस्कारणमा उपबिजेताको उपाधि जित्न सफल भएको सस्करण गराए ।
नया बसपार्कमा भएको पत्रकार सम्मेलनमा आयोजकका महासचिव देवेन्द्रकुमार घर्तिमगरले बिगतको भन्दा पुरस्कार राशीको बढाईएको बताए । प्रतियोगितामा पहिलो देखि सातौ स्थान सम्म क्रमशः २ लाख ५५ हजार,१ लख २५ हजार,६५ हजार,३५ हजार,२५ हजार,१५ हजार र १० हजार रहेको महासचिव घर्तिमगरले जानकारी गराए । प्रतियोगितामा बिभिन्न ८ बिद्याका उत्कृष्ट  खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई पनि जनहि ५ हजार र ट्रफि दिईने आयोजकका उपाध्यक्ष एवंम् प्रतियोगिता प्रचार प्रसार संयोजक कपिल पुनले जनाए । ३३ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा बेष्ट बिद्याको उपाधिमा स्पाईकर,सेटर,ब्लकर, डिफेनस,सर्भर, र क्वीकर रहेका छन् ।