नेपाल डिभिजन वानको नजीक

cricket photo
नेपाल आइसिसी र्वल्ड डिभिजन लिग क्रिकेटको डिभिजन वानको नजीक पुगेको छ । डिभिजन टुमा लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले बुधबार नामीबीयालाई तीन विकेटले पराजित गर्यो । नामीबीयाले छाडेको १४३ रनको लक्ष्य पछ्याएको नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतीमा १४६ रन जोड्यो ।
नेपालका पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै ५६ बलमा ६४ रन प्रहार गरे । उनले ६ चौका र तीन छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले ३१ रन जोडे ।
युनाइटेड क्रिकेट क्लबको खेल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामीबीयाले पाच बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै १४२ रन जोड्यो । नामीबीयाका भिएन सुरले सर्वाधीक २८ रन जोडे  नेपालका करन केसीले ६.१ ओभरमा १२ रन खर्चीदै तीन विकेट लीए ।

Comment