पुम्से तथा बेसिक सेमिनार सम्पन्न

unnamedtaek wondo
काठमाडौं जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामाप्रथमपुम्से तथा बेसिक सेमिनार बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ ।
सेमिनारमा ७ महिला सहित ५२ जनाले भागलिएको आयोजकका सचिव एवं सेमिनार संयोजक कुमार लामाघिसिङले जनाएकाछन् ।माघ २ गतेदेखि सुरु सेमिनारमाकोरियालीप्रशिक्षकक्वान योङ दल, नोर्बु लामा र गोविन्द प्रसाद शर्माले सहभागीलाई परिवर्तित नयाँ नियम लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
सहभागीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा, तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङ लगायतले प्रमाणपत्र प्रदान गरे ।

Comment