तेक्वान्दोकर्मी सम्मानीत

sanjita minu 1
दक्षिण कोरियामा सम्पन्न ग्लोबल तेक्वान्दो मास्टर्स टे«निङमा सहभागी मीनु कार्की, सन्जिता राउत, राजीव जंग बस्नेत र  टीकादत्त दाहाललाई सम्मान गरियो ।  यसका साथै तेक्वान्दोमै दक्षिण कोरियाली युनिभर्षीटीबाट एडभान्स डिप्लोमा कोर्ष गरेका अर्जुनभक्त राईलाई पनि सम्मान गरियो ।
दक्षिण कोरियामा ६ साता लामो मास्टर्स कोर्षमा बेसिक, पुम्से र किकिंग लगायत लगभग १ दर्जन विषयमा कक्षा सञ्चालन भएको थियो । कोर्षमा २३ देशका ४८ तेक्वान्दोकर्मी सहभागि थिए । सहभागि सञ्जिता खुमल तेक्वान्दो डोजांग, मिनु सगरमाथा तेक्वान्दो डोजांग, टिका गौशाला तेक्वान्दो डोजांग र राजिब कोटेश्वर तेक्वान्दो डोजांगमा आबद्ध छन् । यसको केही समय अघि अर्जुन र फणीन्द्रले एडभान्स डिप्लोमा कोर्ष गरेका थिए । काठमाडौ बाहीर रहेका कारण सम्मान कार्यक्रममा फणीन्द्र सहभागि थिएनन् । दुवै कोर्षले तेक्वान्दोकर्मीलाई खेल विकास मात्र नभइ सामाजीक जिम्मेवारी बोध र अनुशाािष्त समाज निमार्णमा संलग्न हुनलाई थप प्रेरीत गर्ने बिश्वास संघले लिएको जनाएको छ ।

Comment