नेपालको सुरुवात हारबाट

माल्दीभ्समा जारी एभिसी कन्टीनेन्टल कप सब जोनल विच भलीबल प्रतियोगितामा नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालका सञ्जय अर्याल र प्रज्वल मल्लको जोडी पाकिस्तानका राजा र रज्जाको जोडीसंग २१–११, २१–१० ले पराजित भयो । पाकीस्तानकै राइज र इस्माइलको जोडीले नेपालका सुरेस र महेन्द्रको जोडीलाई २१–१३, २१–१० ले पराजित गर्यो । प्रतियोगितामा नेपालका दुइ पुरुष तथा दुइ महिला जोडी सहभागि छन् ।

Comment