एथलेटिक्स टोली हङकङतर्फ

ath 1
पन्ध्रौं एसियाली म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार हङकङ प्रस्थान गरेका छन् ।        जनवरी २५ तारिखमा हुने म्याराथनको पुरुषमा नेपाल प्रहरी क्लबका भूमिराज राई र महिलामा नेपाली सेनाकी सरिता वासीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
दुवैले अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्न लागेका हुन् । दुवै आठौं काठमाडौं म्याराथनको आ–आफ्नो विधामा पहिलो भएका थिए । त्यसैका आधारमा उनीहरुलाई छनोट गरिएको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् ।
भूमिराजको २ घण्टा २६ मिनेट २२ सेकेन्ड तथा सरिताको ३ घण्टा १५ मिनेट ८१ सेकेन्ड व्यक्तिगत उत्कृष्ट टाइमिङ हो । टिम व्यवस्थापकमा एथलेटिक्स संघका कोषाध्यक्ष प्रभाकर पाण्डे रहेका छन् ।
टोलीलाई सफलताको शुभकामन दिदै एथलेटिक्स संघका अध्यक्ष समेत रहेका सभासद राजीवविक्रम शाह र  उपाध्यक्ष सन्जिव तुलाधर लगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment