नेपालको लागातर दोस्रो जित

cricket photo
नेपालले बिश्व क्रिकेट लिग डिभिजन टुमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले क्यानाडा माथि ३ विकेटको सहज जित हात पार्यो । वन्डरस क्रिकेट मैदानमा नेपालले क्यानाडाले छाडेको ११५ रनको लक्ष्य नेपालले २३.१ ओभरमा तीन विकेटको क्षतीमा पुरा गर्यो । नेपाली कप्तान पारस खड्काले ७८ बलमा ७७ रनको योगदान गरे । उनले ११ चौका र तीन छक्का प्रहार गरे । कुनै रन नजोड्दै दुइ विकेट गुमाएको नेपालका लागि पारस र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ११४ रनको साझेदारी गरे । ज्ञानेन्द्रले ३२ रन प्रहार गरे ।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको क्यानाडा चार बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै ११४ रनमा सिमित भयो । क्यानाडालाई कम योगफलमा सिमित गर्ने क्रममा करन केसीले १० ओभरमा २६ रन खर्चीदै पाच विकेट लीए । सोमपाल कामीले दुइ विकेट लिए ।

Comment