नेदरल्यान्ड माथि नेपालको जित

cricket photo

नेपालले आइसीसी बिश्व क्रिकेट लिग डिभिजन टुुमा नेदरल्यान्डसंग भएको खेलमा महत्वपूर्ण दुइ विकेटको महत्वपूर्ण जित हात पारेको  छ । नेदरल्यान्डले छाडेको १५९ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतीमा तीन बल बाकी रहदा पुरा गर्यो । नेपालका लागि बिनोद भण्डारीले ३० बलमा ३५ रनको योगदान गरे । नेपाललाई जित दिलाउने क्रममा नवौ  क्रममा ब्याटिंग गरेका सोमपाल कामीले २४रन जोडे । २८ बलको सामना गरेका सोमपालले तीन चौका प्रहार गरे । शरद भेषवाकरले अविजित २४ रन जोडे ।
यस अघि टस जितेर   पहिले ब्याटिंग गरेको नेदरल्यान्डले एक बल बाकी रहदा सम्पूर्ण विकेट गुमाउदै १५८ रनको योगफल खडा गर्यो । नेदरल्यान्डका लागि माइकल रिपोनले ५३ तथा स्टेफन माइर्गले ३६ रनको योगदान गरे । नेपालका सोमपाल कामी, पारस खड्का र शक्ति गौचनले दुइ दुइ विकेट लिए ।

Comment