तेक्वान्दोकर्मी सामाजीक जिम्मेवारीप्रति सचेत छौ ः लामा

norbu and rajkumar rai edited
नोर्बु लामा विगत  २७ बर्ष देखि तेक्वान्दोमा सक्रिय नाम । नेपाल तेक्वान्दो संघका सदस्य तथा ग्रेडिंग कमिटीका सचिव नोर्बु डोजांग प्रमुख रहेको स्युचारटार तेक्वान्दो डोजांग नेपालको एक पायनियर डोजांगको रुपमा रहेको छ । पछिल्लो समय उनी युनीभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो एसोसीएसनको नेपाल च्याप्ेटरको अध्यक्षको रुपमा रहेका छन् । नोर्बुसंग गरिएको कुराकानीको सार संक्षेप

तपाइ प्रमुख रहेको स्युचारटार तेक्वान्दो डोजांग अहिले निकै सक्रिय छ । लगातारको यो गतीबीधी सञ्चालन गर्न कुनै कठिनाइ भएन ?
हामीले २०५० सालमा स्युचाटार तेक्वान्दो डोजांग स्थापना गरेका हौ । त्यो समयमा कठिनाइ भए पनि स्युचाटारमा रहनु भएका शुभेच्छुक र तेक्वान्दोकर्मीको सहयोगमा हामी अघि बढेका हौ । यस क्रममा हामीले नियमित प्रशिक्षण, प्रतियोगिताको आयोजना र भौतीक पूर्वाधारको सवालमा ध्यान दियौ । हामीले यस विचमा केही राष्ट्रिय खेलाडी पनि उत्पादन गर्यौ । यसले हामीलाई झनै उत्साहित तुल्यायो । हामीले प्रतियोगितालाई निरन्तरता दिने क्रममा चौथो सस्करणको स्युचाटार आमन्त्रणको निर्णय गरिसकेका छौ ।
युयुएनटीएफको खास उद्धेश्चय चाही के हो ?
यस सस्थाको मुख्य उद्धेश्य सबै नेपाली तेक्वान्दोकर्मीलाई भावनात्मक रुपमा एकजुट गराउने नै हो । हामीले यसै खेलबाट नाम ,इज्जत र सामाजीक प्रतिष्ठा प्राप्त गर्यौ । यसकारण जो जहा रहे पनि आगामी पुस्ताका लागि मिलेर केही गर्ने भन्ने सोचाइ हो । एउटा राम्रो खेलकर्मी हुनका लागि सामाजीक दायीत्व के हो भन्ने पनि हामी सबै तेक्वान्दोकर्मीले बुझेका छौ । यसकारण  हाम्रो तर्फबाट अन्य सामाजीक क्षेत्रमा पनि सकरात्मक पहल गर्ने प्रयास गर्ने छौ
सामाजीक दायीत्व भन्नाले ?
गत महिना मात्र हामीले एसियाडमा पदक जित्ने बिमला बहीनीलाई सम्मान गर्यौ । यसको उद्धेश्य के हो भने हामी सबै खेलकर्मी एकै हौ भन्ने सन्देश दिनका लागि हो । उहा र उहाको गुरुले गरेको मिहनेतको तुलनामा यो सहयोग सामान्य लाग्न सक्छ । तर, हामीले उहाको मिहेनत र परिश्रमका लागि सम्मान ब्यक्त मात्र गरेका हौ । युयुएनटीएफ  सबै क्षेत्रका मिहेनती र परिश्रमीप्रति उत्तिकै सम्मान गर्न सक्छ भन्ने सन्देश पनि दिन चाहन्छौ ।
तेक्वान्दो एकेडेमीको महत्वाकाक्षी योजना बनाउनु भएको छ रे ? यसको बारे पनि बताउनुसन।
नेपाली खेलकुदमा भौतीक पूर्वाधार लगायत समस्या देखिएका छन् । हामीले त्यो समस्या हटाउन चाहेका हौ । राम्रो प्रशिक्षण स्थल, राम्रो प्रशिक्षण र लगातारको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता अहिलेको आबस्यकता हो । विगतको तेक्वान्दो पुस्ताले राखेको साख गुमेको महुशष भएको छ । हाम्रो चाहना नेपाललले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेल अझै पनि तेक्वान्दो नै हो भन्ने पुष्टि गर्नु हो । यो एकेडेमी निमार्णले भौतीक पूर्वाधार र प्रशिक्षण दुवै समस्या हल गर्न सहयोग हुन्छ भन्ने लागेको छ । यस कारण हामी यसमा केन्द्रित भएका छौ । हाम्रो संगठन आगामी ६ महिना भित्र एक करोड रुपैयाको अक्षयकोष स्थापन गर्ने निर्णय गरिसकेको छ । यस कामका लागि केन्द्रिय तहका अग्रजहरु सक्रिय हुनु हुन्छ । आशा गरौ नेपाली तेक्वान्दोले गुमेको साख फीर्ता गर्ने छ ।
केन्द्रको अग्रज भन्नाले ?
युयुएनटीएफका केन्द्रिय अध्यक्ष राजकुमार राइ अन्तराष्ट्रिय पदकधारी खेलाडी हुनु हुन्छ । महासचिव लब प्रसाद गोर्खाली र अन्य अग्रजहरु विपिन श्रेष्ठ, सन्तोष प्रधान, दिवाकर डान मर्हजन, मनमोहन वाइवा र  अमिर श्रेष्ठ सबै विगतमा नेपाली तेक्वान्दोमा योगदान भएका ब्यक्ति हुनु हुन्छ । बिश्व च्याम्पियनसीपमा समेत पदक जिती सक्नु भएकी सिता राइ पनि हाम्रो संगठनमा आबद्ध हुनु हुन्छ । धेरै साथी अमेरिकामा रहनु भएको छ भने युकेमा इन्द्र गुरुंग र राष्ट्र राइ हुनु हुन्छ । अन्य देश अस्ट्रेलिया, जापान, क्यानाडा, युएइ, मकाउ,  हंगकंगमा र  कोरियामा थुप्रै साथीहरु हुनुहुन्छ ।

Comment