नेपाली खेलकुदको मायाले छाडेको छैन

shree gurung 3 editedsnree gurung 2 edited
मिहेनत गर्न बानी बसाल्न, अनुशाषित जिवनयापन गर्न र सामाजीक जिम्मेवारीको महशुष गर्न सबैका लागि खेलकर्मी अग्रस्थानमा रहेका छन् । यसै कारण हो, खेलाडी जिवन पछि पनि प्राय खेल ब्यक्तित्वको सामाजीक भुमिका महत्वपूर्ण रहेको छ । पोखराको एक्सबगर युवा क्लब ६० को दशकको मध्यमा नेपाली भलीबलमा महत्पूर्ण शक्तिको रुपमा रहेको थियो । त्यसै शक्तिका प्रमुख भलीबलका पूर्व खेलाडी तथा पश्चिमाञ्चल क्षेत्रीय भलीबल संघका क्षेत्रीय अध्यक्ष श्रीगुरुंग जापानमा बसेर  पनि सामाजीक जिवनमा उत्तिकै सक्रिय छन् । खेलकुदको माया उत्तिकै छ । साथै नेपाली खेलकुदको बारे चासो पनि ।
२०२३ पुष १० मा कास्कीको लुम्ले तान्चोककोटमा जन्मीएका श्रीभक्त गुरुंग पछिल्लो समय नेपाली भलीबलमा परिचित नाम बने । २०४० मा कान्छी बराहा युवा क्लबको कप्तानको रुपमा उनको भलीबल पाइला अघि बढेको थियो । २०४२ मा कास्की जिल्ला स्तरीय भलीबल प्रतियोगितामा गुरुंग वरेन्द्र शिल्डमा संगम स्कुल चन्द्रकोटको कप्तानको भुमिकामा रहे । ३२ टोली सहभागि प्रतियोगितामा उनको टोली दोस्रो भएको थियो ।
२०४२ देखि नै कास्की जिल्लाको प्रतिनिधीत्व गरेका उनी २०४४ पछि पृथ्बी नारायण क्याम्पसमा भलीबलमा छाउन थाले । २०४६ मा जापान पुगेका गुरुंग २०५४ मा फेरी नेपाल फर्कीए । २०५५ मा उनी फेरी बेलायत प्रश्थान गरे ।  बेलायतमा उनले स्थापना गरेको एक्सबगर क्लब अहिले पनि चर्चामा छ । २०५८ मा उनले बेलायतमै एक्स बगरको स्थापनामा सक्रिय बने । त्यस पछि ग्रेटर रसमोर नेपलीज सस्थाको स्थापन पछि उनको सक्रियता झनै बढेको थियो । त्यस सस्थामा उनी खेलकुद सचिव थिए । यसै सस्थामा उनी रहदा बेलायतको फार्नबोरो शहरमा बुद्ध रनिंग शिल्ड तथा बास्केटबल तथा भलीबल प्रतियोगिताको आयोजना गरी नेपालीहरुको भावनात्मक एकतामा थप बल पुर्याउने काम गरेको थियो ।
उनी नेपाल फर्कीए पछि २०६२ मा पोखरामै एक्स बगर युथ क्लबको स्थापना भयो । उनकै नेतृत्वमा एक्स बगरले भलीबलमा थुप्रै सफलता हात पारेको थियो । २०६२ मै पोखरामा भएको फलुबारी कप,घाले महोत्सब र सुन पदेली कपमा एक्स बगर पहिलो भयो । २०६३ को बाग्लुंग महोत्सबमा तेस्रो भएको उनको टोली त्यसै बर्ष भएको माचापुच्छ्रे कपमा तेस्रो हुन सफल भयो । त्यसै बर्ष माघे सक्रन्ती मेला रिबनमा पहिलो भएको उनको टोली अर्मलामा भएको रिन्जे मेलामा पनि पहिलो भएको थियो । बिरेठाटी महोत्सबमा उनको टोली दोस्रो भएको थियो ।
२०६४ मा भएको लामाचौर महाहेत्सब र माछापुच्छ्रे महोत्सबमा भएका प्रतियोगितामा पनि उनको टोली पहिलो भएको थियो । तनहुको काक्रेमा त्यसै बर्ष भएको भिम मिलन कपमा पहिलो भएको उनको टोली छोमोरुन्गमा भएको सेन्चुरी महोत्सबमा पनि पहिलो भयो । धम्पुसको लालीगुरास महोत्सब, भदौरेको भदौरे महोत्सब, घलेखर्क मेलाको प्रतियोगिता र माहोरीया मेलामा भएको प्रतियोगितमा उनको टोली दोस्रो भयो । २०६५ मा भएको फीमीला कपमा एक्स बगर पहिलो भएको थियो ।
२०६५ मा काठमाडौमा भएको लिग पुरुष भलीबल प्रतियोगितामा एक्स बगरको प्रभावमा रहेको पश्चिमाञ्चल टोलीले उपाधि जिते पछि एक्सबगर नेपाली भलीबलको एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाउन पुग्यो । त्यस पछि भएको सुपर लिगमा विभागीय टोली पछि रहदै यो टोली चौथो भएको थियो । २०६५ मा काठमाडौमा भएको राष्टिय खेलकुदमा श्री गुरुंग मेनेजर रहेको पश्चिमाञ्चलले रजत पदक जितेको थियो ।
पछिल्लो समय लन टेनिसमा समेत सक्रिय उनी पोखरामा भएको लन टेनिस प्रतियोगितामा सेमिफाइनलसम्म पुग्न सफल भइसकेका छन् । नेपाली खेलकुदमा दक्षता भन्दा पनि राजनितीक ब्यक्तिको प्रभाव बढी भएका कारण समस्या रहेको बताउने उनी अझै नेपालमा केही गर्न चाहेको बताउछन् । अहिले जापानमा रेस्टुरेन्ट ब्यबसायीको रुपमा रहेका उनले रंगशालाको पर्खाल निमार्ण र १८ औ राष्ट्रिय महिला भलीबल प्रतियोगिता सफल गराउन उत्तिकै प्रभावकारी भुमिका निभाएका छन् ।

Comment